रास्वपा नुवाकोटको सभापतिमा गजुरेल विजयी, नयाँ कार्यसमिति चयन

Facebook
Twitter
WhatsApp

विदुर, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले नयाँ नेतृत्व चयन गरेको छ।

शनिबार विदुर नगरपालिकाको बट्टारमा सम्पन्न पार्टीको विशेष अधिवेशनले रामेश्वर गजुरेलको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

निर्वाचन प्रक्रियामार्फत सम्पादन गरिएको मतपरिणाम अनुसार, सभापति पदमा रामेश्वर गजुरेल २५७ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी शरण महतले ३७ मत र राजुप्रसाद लामिछानेले २८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।

नवनिर्वाचित सभापति गजुरेल रास्वपा नुवाकोटका संस्थापक सभापति समेत हुनुहुन्छ। यसअघि २०७९ सालमा उहाँकै नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो।
त्यसैगरी, उपसभापति पदमा कृष्णलाल श्रेष्ठ १७३ मतसहित विजयी हुनुभएको छ। उपसभापतिका अन्य प्रतिस्पर्धीहरू सुनिमा थिङ तामाङले ८४ मत, उमेश पाठकले २३ मत र नारायण भण्डारीले २० मत प्राप्त गर्नुभएको थियो।
यस्तै, सचिव पदमा बसन्त धिताल १९४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी शिवराज लामिछानेले ११६ मत प्राप्त गर्नुभयो। सहसचिव पदमा भने सम्बर तामाङ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक बसन्तराज फुयाँलले जानकारी दिनुभयो।
रास्वपा नुवाकोटले लोकतान्त्रिक पद्धति र निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति गठन गरेसँगै आगामी दिनमा संगठन विस्तार र सुदृढीकरणका कामहरूले थप गति लिने विश्वास लिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top