रास्वपा लुम्बिनी : पाँच जिल्लामा छानिए सभापति

Facebook
Twitter
WhatsApp

२४ जेठ, बुटवल । लुम्बिनी प्रदेशका पाँच जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् ।

जस अनुसार दाङमा किरण खनाल, रोल्पामा बलराम थापा, बर्दियामा शान्ता बुढा क्षेत्री, गुल्मीमा हरिप्रसाद श्रेष्ठ र पाल्पामा विष्णुप्रसाद भण्डारी सभापति चयन भएका छन् ।

रास्वपा प्रदेश उपसभापति शालिकराम घिमिरेका अनुसार रोल्पा र पाल्पामा सहमतिका आधारमा र अन्य जिल्लामा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

बाँकी ६ जिल्लाको नेतृत्व चयनको नतिजा भोलि बिहानसम्म आइपुग्ने घिमिरेले बताए ।

रुकुम पूर्वमा भने अधिवेशन हुने नहुने अझै निश्चित नभएको प्रदेश उपसभापति घिमिरेले बताए ।

रुपन्देही, अर्घाखाँची र प्युठानमा आज अधिवेशन हुँदैछ ।

शनिबार अधिवेशन भएका जिल्लाहरूमध्ये केही जिल्लाको नेतृत्व चयनका लागि आज निर्वाचन हुने घिमिरेले बताए ।

रुपन्देहीको अधिवेशनमा हालमा उपसभापति आशिष न्यौपाने र प्रदेश सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख महेन्द्र उपाध्यायले सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

२६  जेठदेखि रास्वपाको प्रदेश अधिवेशन प्रारम्भ हुनेछ । राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ । अन्य १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवशेनपछि हुनेछ ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी ७ देखि ९ असारसम्म चितवनमा हुँदैछ ।

तस्वीरमा बायाँबाट क्रमशः विष्णु भण्डारी, हरि श्रेष्ठ,शान्ता बुढा क्षेत्री, बलराम थापा र किरण ढकाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top