रास्वपा महाधिवेशन : विदेशमा रहेका प्रतिनिधिलाई मोबाइलबाटै मतदान गर्ने व्यवस्था

Facebook
Twitter
WhatsApp

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेशमा रहेका प्रतिनिधिहरुले उतैबाट मतदान गर्न पाउने भएका छन् ।

विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरुलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।

देशबाट १६३ प्रतिनिधि रहेका छन् । उनीहरु मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकालाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको रास्वपाले जनाएको छ ।

महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले भने विद्युतीय मेसिनबाट मतदान गर्नेछन् ।

त्यसका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदानको प्रबन्ध मिलाइएको छ । १५ देखि २० मिनेटमा एक जनाले भोट गरेर सकाउने र मतदान सकिएको १ घण्टामा नै नतिजा आउने रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

रास्वपाको सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

केन्द्रीय सदस्यहरु चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी छ । रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरु टुंगो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

रास्वपाका अनुसार केन्द्रीय सदस्य र पदाधिकारीको मतदान आजै सकाएर आजै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ । ९ गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण प्रतिनिधि टुंगो लगाउन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको छ ।

रास्वपा महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरु छन् ।

रास्वपा विधानमा १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चुनिन्छन् भने ५१ जना केन्द्रीय सदस्यलाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top