रोनाल्डोको लगानीसँगै घडी कम्पनीको माग बढ्यो

Facebook
Twitter
WhatsApp

रोनाल्डोको लगानीसँगै घडी कम्पनीको माग बढ्यो

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फुटबलसँगै व्यापारमा पनि ध्यान दिन्छन् । उनको आफ्नै कम्पनी सिआर–७ छ । स्पेन र पोर्चुगलका सिआर–७ को नाममा महँगा होटेलसमेत उनका छन् ।

लगानीकै क्रममा रोनाल्डोले पछिल्लो समय युरोपकै चर्चित घडी कम्पनी क्रोनो २४ मा हात राखेका छन् । उनले सात सय ७० मिलियन पाउन्ड लगानी गरेका छन् । रोनाल्डोले क्रोनो २४ मा लगानी गरेसँगै घडीको माग ह्वात्तै बढेको एजेन्सीले जनाएको छ ।

ad

 

घडी कम्पनीले पनि रोनाल्डोले ठूलो लगानी गरेको जनाएको छ । क्रोनो २४ का सहमालिक बनेका रोनाल्डोले गिफ्टका रूपमा पाँच मिलियनबराबरको घडी उपहार पाएका छन् । ३८ वर्षीय रोनाल्डोले गत सिजन साउदी अरेबियाको प्रो लिगअन्तर्गत अल नासरमा अनुबन्ध भएका थिए ।

उनलाई भित्र्याउन साउदी क्लबले एक सय ७० मिलियन पाउन्ड खर्चेको थियो । साउदी क्लबमा आएसँगै वर्तमान समयकै उत्कृष्ट खेलाडीमा पर्ने रोनाल्डोको आम्दानी र सम्पत्ति पनि बढेको छ । आफ्नो सम्पत्ति बढाउने क्रममै उनले क्रोनो २४ घडी कम्पनीमा लगानी गरेको एजेन्सीको दाबी छ ।

‘हामीलाई अचम्म लागेको छ, फुटबलकै उत्कृष्ट खेलाडी कम्पनीसँग जोडिएका छन्,’ क्रोनो २४ ले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘यो समाचार बाहिर आएपछि हाम्रो घडीको माग बजारमा बढेको छ ।’ कम्पनीका अनुसार रोनाल्डो नाम जोडिएपछि बजारमा पाँच लाख ३० हजार घडी बिक्री भएका छन् । सामान्य ९२ हजार पाउन्डको घडी लगाउँछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top