श्रीलंका एकदिवसीय ग्लोबल छनोट च्याम्पियन

Facebook
Twitter
WhatsApp

श्रीलंका एकदिवसीय ग्लोबल छनोट च्याम्पियन

श्रीलंका एकदिवीय विश्वकप ग्लोबल छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । जिम्बावेको हाररेमा आइतबार भएको फाइनलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई एक सय २८ रनको अन्तरले पराजित गर्‍यो । श्रीलंका र नेदरल्यान्ड्स सुपर सिक्सको शीर्ष दुई स्थानमा रहँदै यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट भएका राष्ट्र हुन् । सुपर सिक्समा दुईपटकको पूर्वविजेता वेस्ट इन्डिज, टेस्ट राष्ट्रद्वय आयरल्यान्ड र जिम्बावेसँगै ओमानले प्रतिस्पर्धा गरेका थिए ।

स्कटल्यान्डलाई झिनो रनरेटमा पाखा लगाउँदै नेदरल्यान्ड्सले १२ वर्षपछि विश्वकपमा स्थान बनाएको हो । प्रतियोगिताको म्यान अफ दी सिरिज जिम्बावेका सिन विलियम्स भए । उनले प्रतियोगिताभरि ६ सय रन बनाउनुका साथै तीन विकेट हात पारेका थिए । उपाधि भिडन्तमा श्रीलंकाले पहिलो ब्याटिङ गर्दै ४७.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ३३ रनको मध्यम योगफल खडा गर्‍यो । उत्कृष्ट फर्ममा रहेको नेदरल्यान्ड्सले श्रीलंकालाई समेत स्तब्ध पार्ने छाँटकाँट देखायो । तर, अनुभवी विश्वस्तरीय श्रीलंकाली बलरसामु नेदरल्यान्ड्स २३.३ ओभरमा एक सय ५ रनमा समेटियो । ग्लोबल छनोटको सुपर सिक्समा श्रीलंका अपराजित रहँदै सर्वाधिक १० अंक जोड्यो ।

ad

 

महिषको घातक बलिङ
श्रीलंकाले ग्लोबल छनोटमा पहिलोपटक कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । नेदरल्यान्ड्सको कसिलो र तीव्र गतिको बलिङमा श्रीलंकाली ब्याट्सम्यानले खुलेर सामना गर्न सकेनन् । स्कोर बोर्डमा नेदरल्यान्ड्सविरुद्ध श्रीलंकाले चुनौतीपूर्ण योगफल खडा गर्न सकेन । लक्ष्य रक्षा गर्न मैदानमा ओर्लेको श्रीलंकाली बलरसँगै फिल्डरले उत्कृष्ट प्रदर्शन गरे । फिल्डिङमा श्रीलंकाको यी दुवै पक्ष बलियो रहँदा नेदरल्यान्ड्सले लक्ष्य भेटाउन सकेन । श्रीलंकाका लागि दुई बलरले समग्रमा सात विकेट लिए । दिल्सानले सात ओभरमा एक मेडन राखी तीन विकेट लिए । उनले आफ्नो स्पेलमा १८ रन खर्चे । यसैगरी, महिष थिषणले ६.३ ओभरमा ३१ रन खर्चेर चार विकेट लिए । वानिन्दु हसरांगाले सात ओभरमा ३५ रन खर्चेर दुई विकेट हात पारे ।
ब्याटिङमा चुक्यो नेदरल्यान्ड्स
बलिङमा सानदार प्रदर्शन गरेको नेदरल्यान्ड्स ब्याटिङमा चुक्यो । नेदरल्यान्ड्सका आठ ब्याट्सम्यानले दोहोरो रन नै बनाउन सकेनन् । तीनजना ब्याट्सम्यान शून्य रनमा आउट भए । मुख्य ब्याट्सम्यान वेस्ले वारेसी, तेजा र आयान दत्त शून्य रनमा पेभेलियन फर्केका थिए । नेदरल्यान्ड्सले ९.५ ओभरमा पाँच विकेट गुमाएर ४१ रन बनाएको थियो । सो इनिङ्समा लाभान भान विकले २४ बलमा एक चौकाको सहयोगमा २० रनको योगदान दिए । ओपनर म्याक्स ओ ड्वाडले ६३ बल सामना गरी सर्वाधिक ३३ रन बटुले । विक्रमजित सिंहले १४ बलमा १३ रन बनाए । म्याक्सले नेदरल्यान्ड्सको इनिङ्समा एक मात्र छक्का प्रहार गरे ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top