सिजन ब्रेकमा एम्बाप्पे

Facebook
Twitter
WhatsApp

सिजन ब्रेकमा एम्बाप्पे

फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पे र पेरिस सेन्ट जर्मेन (पिएसजी)बीच पछिल्लो समय सम्बन्ध त्यति राम्रो छैन । एम्बाप्पे अन्यत्र जान चाहन्छन् । पिएसजी उनलाई सम्झौताका लागि दबाब दिइरहेको छ । खेलाडी र क्लबबीच सन् २०२४ सम्म सम्झौता भएको छ । एम्बाप्पेको मुख्य उद्देश्य नै खेलाडी किनबेच सिजनमा राम्रो क्लबमा जानु हो । पिएसजी उनलाई बिक्री गर्दा आउने ट्रान्सफर रकम कमाउन चाहन्छ । पिएसजीले सम्झौताकै आडमा फ्रान्सेली खेलाडीलाई क्लबमै राख्न कोसिस गरिरहेको हो । यद्यपि, क्लबसँगको सम्बन्धमा चिसोपना आए पनि एम्बाप्पले सिजन ब्रेकमा मस्त देखिन्छन् ।

अमेरिकाका चर्चित सहर मियामीमा उनी प्रेमिकासँग सिजन ब्रेकको बिदा मनाइरहेका छन् । मियामीमा उनी प्रेमिकासँग रहँदा त्यहाँको चर्चित खेल जेन्गासमेत खेल्न भ्याएका छन् । गत सिजन उनले पिएसजी र फ्रान्सका लागि उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । पिएसजीले ब्याक टु ब्याक फ्रेन्च लिग वान उपाधि जित्दा उनकै योगदान धेरै थियो । उनले समग्रमा पिएसजीबाट ४३ खेलमा ४१ गोल गर्न सफल भए । यसैगरी, राष्ट्रिय टोलीबाट विश्वकपमा उनले १३ गोल गरे । फ्रान्सलाई लगातार दोस्रोपटक फाइनल स्थान पक्का गराउन एम्बाप्पेले प्रेरणादायी प्रदर्शन गरेका थिए ।

ad

 

फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित हुँदा फ्रान्ससँगै एम्बाप्पेको दोस्रोपटक विश्व च्याम्पियन हुने सपना क्षतविक्षत भयो । विश्वकपमा उनले गोल्डेन बुट जिते । एकनासको प्रदर्शन गरेका एम्बाप्पेले मैदानबाहिर चलिरहेको द्वन्द्व बिर्सन चाहन्छन् । आउने दिनमा पिएसजीसँग जस्तो निर्णय भए पनि नयाँ फुटबलको सिजन सुरुअघि उनी आफूलाई फ्रेस बनाउन प्रेमिका र परिवारसँगै मियामी पुगेका हुन् ।

ब्रिटिस क्लबबाट राम्रो प्रस्ताव
२४ वर्षीय खेलाडीले परिवारसँगै ब्रिटिस बोर्ड गेम खेल्दै दिन कटाइरहेका छन् । यसैबीच पेरिसको घटनाप्रति उनले दुःख मनाएका छन् । ‘फ्रान्समा अहिले अस्वाभाविक घटना भइरहेको छ, यसबाट म दुःखी छु,’ उनले भने । युरोपियन मिडियाहरूले एम्बाप्पेलाई भित्र्याउन चेल्सी, लिभरपुल र म्यानचेस्टर युनाइटेड पछि लागेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top