निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय लाभान्वित, शिविरमै पाँचजनाको प्लास्टिक सर्जरी

Facebook
Twitter
WhatsApp

निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय लाभान्वित, शिविरमै पाँचजनाको प्लास्टिक सर्जरी

काभ्रेका दुई स्थानमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ३१ जना विभिन्न रोगका बिरामीहरू लाभान्वित भएका छन्। चार दिनसम्म चलेको शिविरमा पाँचजनाको सामान्य शल्यक्रिया पनि गरिएको हो।

जिल्लाको भुम्लु गाउँपालिकाको दोलालघाट र रोसी गाउँपालिकाको मंगलटारमा सिंगापुर रेडक्रसको र प्रारम्भ नेपालको प्राविधिक सहयोगमा तथा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको समन्वयमा शिविर सञ्चालन भएको थियो।

ad

 

मंगलबार र बुधबार जिल्लाको भुम्लु गाउँपालिकास्थित स्वास्थ्य चौकी र बिहीबार र शुक्रबार जिल्लाको रोसी गाउँपालिका– ९ मंगलटारमा शिविर सञ्चालन भएको प्रारम्भ नेपालका अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले जानकारी दिइन्।

उक्त शिविरमा भुम्लु र रोसीमा भएको चारदिने शिविरमा एक हजार पाँच सय ३१ जनाले सेवा लिएको क्षेत्रीले बताइन्। भुम्लुमा भएको शिविरमा सात सय ५३ जना र रोसीमा सात सय ७८ जनाले सेवा लिएको क्षत्रीले जानकारी दिइन्।

स्वास्थ्य शिविरमा स्त्रीरोग, हाडजोर्नी, अकुपंचर, प्लास्टिक सर्जरी, जनरल फिजिसियन एवं मुटुरोग विशेषज्ञद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो।

हाडजोर्नीका बिरामी बढी

उक्त चार दिनसम्म चलेको शिविरमा सबैभन्दा बढी हाडजोर्नीको उपचार भएको बुझिएको छ । भुम्लुमा भएको शिविरमा हाडजोर्नीका बिरामी दुई सय ४७ जना आएका थिए भने रोसीमा भएको शिविरमा हाडजोर्नीसम्बन्धी दुई सय ५७ जना आएका थिए।

कुल एक हजार पाँच सय ३१ जनाको स्वास्थ्य परिक्षण गरेकोमा पाँच सय चारजना त हाडजोर्नीको बिरामी आएका थिए।

त्यसैगरी भुम्लुमा भएको शिविरमा स्त्रीरोग एक सय ३० जना, सामान्य चिकित्सा एक सय ९० जना, मुटुरोग ४१ जना र अकुपंचर एक सय ४५ गरी कुल सात सय ५३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो  भने रोसी गाउँपालिको मंगलटारमा भएको शिविरमा मुटु रोगका ५७ जना, स्त्रीरोगका ९९ जना, अकुपंचर एक सय ६७ जना र पाँचजनाको सामान्य शल्यक्रिया गरी कुल ७सातसय ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।

पाँचजनाको प्लास्टिक सर्जरी

रोसी गाउँपालिकामा भएको शिविरमा पाँचजनाको सामान्य शल्यक्रिया गरेको क्षेत्रीले जानकारी दिइन् । वर्षौँदेखि आगोले पोलेर शरीर बिग्रेका र कान छिनेका, नाकको प्वाल बिग्रेकाहरूको प्लास्टिक सर्जरी गरेको उनले बताइन्।

किस्ट अस्पताल बर्नस प्लास्टिक माइक्रो सर्जरी विभागका सहप्राध्यापक डाक्टर सुरेन्द्रजंग बस्नेतको नेतृत्वमा शल्यक्रिया गरेको गरिएकाे थियाे।
स्त्रीरोग विशेषज्ञ डा. रविना प्रधानांगले आङ खस्ने रोगको समस्या विकराल देखिएको बताएकी छिन् । उनले आङ खस्ने समस्याका कारण रिङ राखेको वर्षौँ भइसकेको, तर नफेरेको पाइएको जानकारी दिइन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top