रघुजी पन्तले सरकारलाई सोधे– हाम्रो सफ्टपावर संगीत र सिनेमा कहाँ छन् ?

Facebook
Twitter
WhatsApp

रघुजी पन्तले सरकारलाई सोधे– हाम्रो सफ्टपावर संगीत र सिनेमा कहाँ छन् ?

फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदको बैठकमा चर्चित अमेरिकी गायिका टेलर स्वीफ्टको कुरा उठाउँदै नेपालको सफ्टपावर (सौम्य शक्ति) के हो भने सरकारलाई प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले नेपाली गीत, संगीत, सिनेमा, साहित्य र संस्कृतिलाई सफ्ट पावरको रुपमा विकास गर्नुपर्ने बताए ।

अमेरिकासँग सफ्ट पावरको गायिका टेलर स्वीफ्ट रहेको, बेलायतसँग सेक्सपियर र रुससँग गोर्की, टोल्सटोय र चेखोभ रहेको उदाहरण दिंदै सांसद पन्तले नेपालको सफ्ट पावर के हो भने सरकारलाई प्रश्न गरेका हुन् । ‘हाम्रो सफ्टपावर हाम्रो गीत, संगीत, सिनेमा र संस्कृति हो,’ उनले भने, ‘यी कुरा भएनन् भने भोलि देश रहँदैन ।’

संगीतकार अम्बर गुरुङसँगको संवादको प्रसंग उप्काउँदै पन्तले भने, ‘अम्बर गुरुङ भन्नुहुन्थ्यो– राजा महेन्द्र बाँचिरहेको भए नेपाली संगीत अझै फस्ट्याउँथ्यो ।’

सांसद पन्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीप्रति आक्रामक सुनिए । मन्त्री किरातीले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान गठन गर्दादेखि नै विवाद निम्तिएको र प्रतिष्ठानको १५ रोपनी जग्गा लिजमा दिन लागिएको भन्दै उनले विरोध गरे ।

‘त्यो जग्गा लिजमा दिन रोकियोस् र भवन बनाउन भनियोस्,’ पन्तले भने ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top