नेपाली गीत ‘बादल वर्षा बिजुली’ भारतमा बन्दैछ भाइरल

Facebook
Twitter
WhatsApp

१८ वर्ष पहिलेको फिल्म ‘कर्तव्य’मा आनन्द कार्की र प्राश्ना शाक्यले गाएको उक्त हिट गीतमा दिलीप रायमाझी र सज्जा मैनालीले नाचेका थिए । यसैसाता यो गीतलाई पुनः रेकर्ड गर्दै सार्वजनिक गरिएको छ । मनसुनकै समयमा सार्वजनिक गरिएको गीतले वर्षाको मौसमलाई समेत सेलिब्रेसन गर्ने मौका दिएको छ ।

पहिलेको त्यो चर्चित गीत पछिल्लो समय टिकटकमा हिट छ । नेपाली मात्र होइन, भारतीय युवती टिकटक प्रयोगकर्ताले पनि ठूलो संख्यामा यो गीतमा रिल्स बनाइरहेका छन् । ओठमा झुण्डिने शब्द, लय र डान्सिङ ट्रयाक पनि भएकाले यो गीतलाई टिकटकले पुनर्जीवन दिएको हो ।

अर्कोतर्फ, नेपाल र भारत दुवै मुलुकमा सजिलै बुझ्न सकिने भाषामा भएकाले यो गीत रुचाइएको देखिन्छ । एकातिर साउनको महिना र अर्कोतिर मनसुनको समय । समय र सन्दर्भ पनि सोही परेकाले यो गीतलाई भारतमा पनि अत्यधिक रुचाएको देखिन्छ ।

यस्तो भिडियो बनाएर पोस्ट गर्नेमा अधिकांश भारतीय किशोरी छन् । भिडियोको कमेन्टमा मनसुन र साउन महिनामा यो गीत निकै सान्दर्भिक रहेको र आफूहरुलाई नाच्न प्रेरित गर्ने गरेको उल्लेख छ ।

गायक आनन्द कार्कीले गत सोमबार आयोजित ‘बादल वर्षा बिजुली’ गीतको नयाँ संस्करण सार्वजनिक गर्ने कार्यक्रममा १८ वर्षअघिको त्यो क्षण सम्झिए । त्यतिबेला पनि यो गीतले पाएको लोकप्रियताको चर्चा गर्दै कार्कीले साउन र मनसुनको समयलाई यसले जीवन दिने बताएका थिए । जुनसुकै कालखण्डमा पनि यो गीत सुनेर श्रोताले मनोरञ्जन लिन सक्ने उनले बताएका थिए । गायिका प्राश्ना शाक्यले पनि झण्डै दुई दशकअघि यो गीत चर्चित बनेको र स्टेजमा गाइने गरेको स्मरण गर्दै पुनः चर्चामा आउँदा सपनाजस्तो लाग्ने गरेको बताएकी थिइन् ।

टिकटक र फेसबुक तथा इन्स्टाग्राम रिल्समा हजारौंको संख्यामा यो गीतमाथि भिडियो बनाएको देखिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top