हिमालय रोडिज सिजन-५ को प्रसारण आजदेखि

Facebook
Twitter
WhatsApp

काठमाडौं । हिमालय रोडिज सिजन–५ को प्रसारण आजदेखि सुरु हुँदैछ । दर्शकले हिमालय टिभी एचडीमा राति ८ बजेदेखि यो साहसिक रियालिटी शोको नयाँ श्रृंखला हेर्न पाउनेछन् ।

‘पावर अफ फाइभ’को थिममा निर्माण भएको यसपटकको रोडिजलाई सुरज सिंह ठकुरीले होस्ट गर्दैछन् । प्रियंका कार्की ग्याङ लिडरको रुपमा जोडिएकी छन् । र्‍यापर आशिष राना लाउरे, अभिनेता अनुपविक्रम शाही र अभिनेत्री दीया मास्के ग्याङ लिडरको रुपमा छन् ।

शोका निर्देशक सिमोस सुनुवारले सिजन ५ मा कार्यक्रमको संरचनामा केही परिवर्तन गरी पाँच जना ग्याङ लिडरको टिमबीच रोचक प्रतिस्पर्धा गराइएको बताए । उनका अनुसार यसपटकको संस्करणमा अघिल्लाभन्दा भिन्न टास्कमा प्रतिस्पर्धा गराइनेछ । ‘दर्शकले नयाँ टास्क र संरचनामा यसपटक रोडिज देख्न पाउनुहुनेछ,’ सुनुवारले भने, ‘स्वभाविक रुपमा अघिल्लाभन्दा यसपटक रोडिज भिन्न हुनेछ । रोडिजको निर्देशन मैलेभन्दा अर्कोले राम्रो गर्न सक्छ जस्तो लाग्दैन ।’

हरेक सिजनलाई अघिल्लोभन्दा राम्रो बनाउनुपर्ने चुनौती रहेको र रोडिजका अघिल्ला श्रृंखलाभन्दा यसमा ‘एक्स्ट्रिम टास्क’ समावेश हुने उनले बताए । डिजिटल अडिसनमा चार हजार ४०० र फिजिकल अडिसनतर्फ एक हजार ११६ जना सहभागी भएका थिए । एमटीभी इन्डियाको फर्म्याटमा आधारित भएर हिमालय रोडिजले २०७५ सालदेखि नेपालमा प्रसारण थालेको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top