९ मंसिर, काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा सहज रुपमा सन्चालन भएको भन्दै खुसी व्यक्त गरेका छन् । काठमाडौं उपत्यकाका परीक्षा केन्द्रहरुको मंगलबार बिहान अनुगमन गर्दै मन्त्री पोखरेलले चुस्त व्यवस्थापनका कारण परीक्षा सहजरुपमा भएको बताएका हुन् ।
विश्व निकेतन मावि केन्द्रको अनुगमनको क्रममा मन्त्री पोख्रेलले भने, ‘परीक्षा कहिले हुने, कसरी हुने भन्ने एक किसिमको अन्यौल र मनोवैज्ञानिक त्रास थियो, अहिलेको चुस्त व्यवस्थापनबाट परीक्षा भयो, विद्यार्थीहरुको उच्च शिक्षाको बाटो खुल्यो, मलाई एकदमै खुसी लागेको छ ।’