‘वेलकम ३’मा अक्षय, सञ्जय र अरशदपछि बबीको इन्ट्री

Facebook
Twitter
WhatsApp

बलिउड निर्माता फिरोज नाडियाडवालाको तीन ठूला फ्रेन्चाइज ‘हेरा फेरी’, ‘वेलकम’ र ‘आवारा पागल दीवाना’मा अभिनेता अक्षय कुमार एकपटक फेरि देखिँदैछन् । यसमध्ये सबैभन्दा पहिला उनले फिल्म ‘वेलकम ३’मा काम गर्नेछन् । फिल्ममा उनीसँगै परेश रावल, सञ्जय दत्त र अरशद वारसीको प्रवेश भैसकेको छ । यसबीच, यो फिल्ममा अभिनेता बबी देओलको पनि इन्ट्री भएको छ ।

पिंकविलाका अनुसार, ‘वेलकम ३’मा बबी महत्त्वपूर्ण भूमिकामा प्रस्तुत हुनेछन् । उनले यसअघि परेश, अक्षय र सञ्जयसँग विभिन्न कालखण्डमा केही फिल्ममा काम गरिसकेका छन् भने अरशदसँग पहिलो पटक सहकार्य हुन लागेको हो । उनीहरुको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ । यसपटक ‘वेलकम’ श्रृंखलामा नाना पाटेकर र अनिल कपूर नदेखिने चर्चा छ ।

आगामी वर्ष (२०२४)बाट छायांकन सुरु हुन लागेको फिल्म अघिल्ला श्रृंखलाझैं विवाहको वरिपरि घम्नेछ । अहिलेसम्म निर्देशकको नाम भने खुलासा गरिएको छैन । ‘वेलकम’को पहिलो श्रृंखला सन् २००७ मा आएको थियो, जसले भारतीय बक्स अफिसमा ९० करोडमाथिको व्यापार गरेको थियो । त्यस्तै, सन् २०१५ मा रिलिज भएको ‘वेलकम ब्याक’ले सय करोडको आँकडा छोएको थियो ।

2 thoughts on “‘वेलकम ३’मा अक्षय, सञ्जय र अरशदपछि बबीको इन्ट्री”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top