‘उपहार’ : आँचलसँग छलफल, बेनिशासँग सहमति

Facebook
Twitter
WhatsApp

अघिल्लो वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘उपहार’मा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । आइतबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । फिल्ममा अब बेनिशाले अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्मासँग एकसाथ काम गर्नेछन् । आगामी भदौबाट फिल्मको छायांकन सुरु हुँदैछ ।

बेनिशाभन्दा अगाडि अभिनेत्री आँचल शर्मालाई फिल्म अफर गरिएको थियो । निर्देशक देउजाले आँचल ‘कन्फर्म’ भएको जानकारी समेत गराएका थिए । तर, पूजासँगको टसलका कारण फिल्ममा आँचलको प्रवेश हुन सकेन । रेखा स्वयं निर्माता रहेको फिल्ममा मुकुन भुषालको पनि मुख्य भूमिका रहनेछ । र, यो फिल्मबाट मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्कीले डेब्यू गर्दैछन् ।

विष्णु कल्पितको छायांकन रहने फिल्म सामाजिक विषयवस्तुमा बन्न लागेको हो । काठमाडौं आसपासमा छायांकन हुने फिल्मको पटकथा तथा संवाद अभिमन्यू निरवीले तयार पारेका हुन् । ‘उपहार’बाट रेखा थापा ५ वर्षपछि निर्माण तथा अभिनयमा फर्किँदैछिन् । कुनै समय नेपाली फिल्म क्षेत्रमा आफ्नो सानदार दबदबा बनाएकी उनलाई पछिल्लो समय हिट फिल्म दिन सकस भैरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top