साम्राज्ञीलाई हिटको पखाई र ‘नाङ्गो गाउँ’को आश

Facebook
Twitter
WhatsApp

कमै अभिनेत्रीलाई डेब्यू फिल्मबाटै सफलताको उत्कर्षमा पुग्ने मौका मिल्छ । यसमानेमा भाग्यमानी अभिनेत्री हुन्, साम्राज्ञी आरएल शाह । पहिलो फिल्म ‘ड्रिम्स’ले नै उनलाई युवापुस्तामा जबर्जस्त लोकप्रियता दिलायो । दोस्रो फिल्म ‘ए मेरो हजुर २’को सफलताले उनको स्टारडम थप मजबूत बन्यो । यतिसम्मकी उनको स्टारडमले नै फिल्म चल्छ भन्ने विश्वास मेकरमा हुन थालिसकेको थियो ।

फिल्म वितरक तथा निर्माता सुनील मानन्धरले ६ महिना अगाडि एक अन्तर्वार्तामा भनेका थिए, ‘रेखा थापापछि हिरोइनको नामले नै फिल्म चल्ने साम्राज्ञीको हो ।’ तर, यो ६ महिनामा बागमतीमा धेरै पानी बगिसकेको छ । अघिल्लो वर्ष प्रदर्शनमा आएको साम्राज्ञी अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’को दयनीय नतिजाले उनको नामले नै फिल्म चल्छ भन्ने भ्रम तोडिदिएको छ ।

यसअघि उनका ‘कायरा’, ‘तिमीसँग’, ‘मारुनी’ र ‘रातो टीका निधारमा’ पनि असफल भएका थिए । रिलिजको हिसाबले चौंथो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ भने ठीकठाक चल्यो । ‘ड्रिम्स’पछि उनको नामैले हलमा दर्शक तानेको नदेखिएको होइन । तर, श्रृंखलाबद्ध विवादले उनको क्रेज कमजोर बनेको फ्लप फिल्मको बढ्दो संख्या प्रमाण हुन् । अब गुमेको क्रेज फर्काउनु पर्ने चुनौती उनमा छ ।

आगामी भदौ २९ गते उनी अभिनीत फिल्म ‘नाङ्गो गाउँ’ प्रदर्शन हुँदैछ । बक्स अफिसका हिट मेशिन मानिएका अभिनेता दयाहाङ राईको पनि फिल्ममा अभिनय छ । ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामाले फिल्म निर्देशन गरेका हुन् । यसैले उनलाई यो फिल्मप्रति ठूलो आशा छ । फिल्म हिट भैदिएको खण्डमा उनको संकटउन्मुख करिअर लयमा फर्कन सक्नेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top