नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने समझदारी भारतीय मन्त्रिपरिषद्‍द्वारा स्वीकृत

Facebook
Twitter
WhatsApp

नयाँ दिल्ली : भारतले नेपालसँगको विद्युत् व्यापारसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल गत जेठमा भारत भ्रमणमा आएका बेला विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो । तर, भारतको मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी रहेकाले सम्झौताको रुप धारण गर्न सकेको थिएन ।

द्विपक्षीय वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्तव्यमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने घोषणा गरेका थिए । प्रधानमन्त्री तहको वार्तामै त्यसलाई छिट्टै मन्त्रिपरिषद्‌बाट पारित गरिने प्रतिबद्धता भारतले जनाएको थियो ।

नेपालले दीर्घकालीन विद्युत् व्यापार गर्ने प्रस्ताव भारत समक्ष राख्दै आएको थियो । प्रशस्तै ‘नेगोसिएसन’ पछि प्रधानमन्त्री दाहालको भ्रमणका बेला त्यस विषयलाई भारतीय प्रधानमन्त्री मोदीको वक्तव्यमा राखिएको थियो । गतसाता भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको हो ।

दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले त्यसको पुष्टि गरेका छन् । भारतको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्ने प्रेस इन्फर्मेसन ब्युरोको वेबसाइटमा त्यो निर्णय आइसकेको छैन ।

मंगलबार बिहान राजदूत शर्माले समाजिक सञ्जाल ‘एक्स’ मा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको लेखेका छन् । उनले यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

‘हामीले प्रतिक्षा गर्दै आएको विषय हो, विद्युत् व्यापारको क्षेत्रमा नेपालका लागि यो सकारात्मक हो,’ कान्तिपुरसँग उनले भने, ‘यसले नेपालको विद्युत्‌लाई भारतमा व्यापार गर्न बाटो खुलेको छ । आगामी दिनमा थप कार्ययोजनाहरु बनाएर यो कार्यान्वयनमा जानेछ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top