काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनी बाढीबाट भएको क्षतिको आज मङ्गलवार स्थलगत अवलोकन गरेका छन्।
अविरल वर्षासँगै गत साउन २८ गतेको स्थानीय कागखोलाको बाढीले घर, कृषि उपज, सार्वजनिक एवम् व्यापारिक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपंक्षी, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्दस्थल, खानेपानी, सिँचाइ र नगद तथा अन्य भौतिक वस्तुसहित अर्बौंको क्षति गरेको थियो।
बाढीग्रस्त क्षेत्रको अवलोकन गर्दै गृहमन्त्री श्रेष्ठले तत्काल राहतमा वृद्धि गर्ने र कागबेनी जस्तो ऐतिहासिक तीर्थस्थलको दीर्घकालीन पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए।