तारकेस्वर
नुवाकोट तारकेस्वर गाँउपालिकाले हिजो निकालेको शिक्षक सरुवाको निर्णयलाई राष्ट्रीय स्वतन्त्र पार्टि तारकेस्वरले आपत्ति जनाएको छ ।
बिधि , पद्दति र कानुनलाइ नै लत्याउदै पालिका अध्यक्ष शिब अधिकारिले एकलौटि रुपमा शिक्षक फेरबदल गरेको भन्दै पालिका संयोजक ईश्वर अर्यालले एक बिग्यप्ति मार्फत आपत्ति जनाएका छन ।
गाँउपालिकाले आफ्नो पालिका मातहतका बिध्यालयमा शिक्षक सरुवा गर्न पाउने अधिकार रहेता पनि प्रकृया मिचि उक्त निर्णय गर्न नमिल्ने बिग्यप्तिमा जनाएको छ।
स्मरण रहोस शिक्षा संबन्धि कुनै पनि निर्णय गर्दा पालिकाले गाँउ शिक्षा ऐन को अधिनमा रहेर गर्नु पर्ने हुन्छ्। यस अघि नै बन्न पर्ने गाँउपालिका शिक्षा ऐन बन्न नसकेर अल्पमतमा रहेको बेला हतारमा सरोकारवालाहरुको समन्वय बिना यस्तो सुचना आउनु आपत्तिजनक रहेको भन्दै नेपालि कांग्रेस , नेकपा एमाले र माओबादि केन्द्रले समेत भ्रत्सना जनाएका छन ।
शैक्षिक गुणस्तर अभिबृद्दि गर्ने भन्दै अध्यक्ष अधिकारिले ८६ जना शिक्षकहरुलाइ अन्तरविध्यालय सरुवा गरेका हुन , जसमा शिक्षकहरु समेत खुसि नरहेको जनाइएको छ ।
