नुवाकोटलाइ कार्य क्षेत्र बनाएर स्थापना भएको सामाजिक संस्था साहारा फाउण्डेसनले तारकेस्वर गाँउपालिकाका आँखाका बिरामि हरुलाइ नि : शुल्क उपचार सेवा प्रदान गरेको छ ।
दृष्टि आँखा केन्द्र कलङ्की को सहयोगमा संस्थाले स्वास्थ्य शिबिर आयोजना गरेको थियो , जसमा पहिलो चरणमा २५ जनाको परिक्षण र औषधि उपचार गरेको थियो भने ७ जनाको शल्यकृयाद्वारा उपचार गराएको थियो ।
गाँउमा भएको शिबिरबाट रोग पहिचान भएका बिरामिहरुलाइ सस्थाले काठमाण्डौ सम्म आउन जाने यातायातको समेत ब्यबस्था गरि उपचार गराएको हो ।
संस्थाका अध्यक्ष सुदिप घिमिरेले आर्थिक अभाबका कारण तारकेस्वरका जनताले दृष्टिबिहिन भएर बाँच्न नपरोस भन्ने उदेश्यले आफ्नो सामाजिक उत्तरदायित्व निभाएको बताउनु भयो ।
विशेष गरि यस्ता कार्य राज्यले गर्नु पर्नेमा आफु जस्ता सामाजिक अभियन्ताले गरिरहदा सबैले साथ सहयोग दिनु पर्ने मा जोड दिनुभयो ।संस्थाले स्वास्थ्य लगायत बिबिध क्षेत्रमा तारकेस्वर गाँउपालिकामा आगामि दिनमा सेवा गर्दै जाने समेत बताउनु भयो ।
सामाजिक र बिकास निर्माणका काममा तारकेस्वरमा बिगतमा राजनिति पुर्वाग्रह को रुपमा हेरिने गरेकोमा अबका दिनमा त्यसो नगरि सबै मिलेर तारकेस्वर बनाउने अभियानमा लाग्नु पर्नेमा उहाको जोड थियो । स्मरणरहोस अध्यक्ष घिमिरे राष्ट्रीय स्वतन्त्र पार्टि बागमति प्रदेशका बिधान मन्थन बिभागका सदस्य समेत हुनुहुन्छ ।