राष्ट्रीय स्वतन्त्र पार्टि नुवाकोटले मेघाङ गाँउ पालिका वडा नं ३ मा आइसिङ तामाङको संयोजकत्वमा ९ सदस्यिय कार्यसमिति गठन गरेको छ ।
आज भाद्र २० गते सम्पन्न वडा भेलाबाट उप सभापतिमा गिता तामाङ, सचिबमा सेल्कर तामाङ , सदस्यहरुमा विबराम तामाङ , बुद्दिमान तामाङ , आतिस तामाङ , बिर बहादुर गुरुङ , सोबर तामाङ , ममता तामाङ चयन गरिएको छ ।
नब गठित कार्य समितिलाई रास्वपा जिल्ला संयोजक रामेस्वर गजुरेलले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।
भेलामा नुवाकोट क्षेत्र नं २ का प्रतिनिधि सभा उमेदवार सुमन बिक्रम पाण्डे लगायत बिभिन्न बिभागका जिल्लाका रास्वपा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।