राष्ट्रीय स्वतन्त्र पार्टि नुवाकोटले मेघाङ गाँउ पालिका वडा नं २ मा चन्द्र बहादुर तामाङको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।
भाद्र २० गते सम्पन्न वडा भेलाबाट उप सभापतिमा पछि सदस्य थप्ने गरि पद रिक्त राख्दै , सचिबमा सन्तोस तामाङ , सदस्यहरुमा सुदिप तामाङ , निमेस तामाङ , बृक्ष बहादुर तामाङ चयन गरिएको छ ।
नब गठित कार्य समितिलाई रास्वपा जिल्ला संयोजक रामेस्वर गजुरेलले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।
भेलामा नुवाकोट क्षेत्र नं २ का प्रतिनिधि सभा उमेदवार सुमन बिक्रम पाण्डे लगायत बिभिन्न बिभागका जिल्लाका रास्वपा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।