राष्ट्रको ऐना र स्थायी सरकारको रुपमा रहेको निजामती सेवा दिवसको अवसरमा शुभकामना प्रधानमन्त्री द्धारा शुभकामना व्यक्त |
“व्यवसायीक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ मनाउन लागिएको २० औं निजामती सेवा दिवसको अवसरमा सबै राष्ट्र सेवक तथा निजामती कर्मचारीहरुलाई प्रधाामन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा शुभकामना व्यक्त गर्नु भएको छ ।
राष्ट्रका हरेक नागरिकहरुलाई सरल, सहज तथा भरपर्दाे सेवा प्रदान गर्न बिभिन्न शासन व्यवस्थामा पनि सरकारको सारथीको रुपमा लोकतन्त्र संस्थागत गर्दै वैधानिक व्यवस्था अनुकुल प्रभावकारी रुपमा संचालन गर्ने हेतुले स्थापना भएको निजामती प्रशासन सुरु भएको ६७ बर्ष भएको छ र निजामती सेवा दिवस भने २०६१ साल देखिबाट मात्र मनाउन थालिएको थियो । साथै बिबिध कार्यक्रहरु आयोजना गरी यो दिवस भव्यताका साथ मनाईदै छ ।
