तारकेस्वर गाँउपालिकाले हालै गरेको शिक्षक सरुवाको निर्णय तत्काल फिर्ता लिन नेपाल शिक्षक संघ तारकेस्वरले आज एक बिग्यप्ति मार्फत भनेको छ ।
तारकेस्वर गाँउपालिका शिक्षा ऐन २०७५ संशोधन सहित दफा २७ को नियम १,२ र ३ सग कतै पनि मेल नखाएकोले उक्त निर्णय आफुहरुले नमान्ने बिग्यप्ति मार्फत जनाएको छ ।
संघले यस्ता गैरकानुनि निर्णयप्रति घोर भ्रत्सना जनाउदै निर्णय यथाशिघ्र छिटो फिर्ता नलिए धर्ना लगायतका संघर्सका कार्यक्रमहरु सार्बजनिक गर्ने जनाएको छ ।
यसका साथै संघले सम्पुर्ण विध्यालयका ब्यबस्थापन समिति र प्रधानाधापकहरुलाइ काज सरुवाको पत्र लिइ आउने शिक्षकहरुलाइ हाजिरि समेत नगराउन आग्रह गरेको छ ।