नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले गाउँपलिकाले गरेकाे शिक्षक काज सरुवाको निर्णय फिर्ता नहुने बताएका छन् । पालिकाको शैक्षिक सुधारको उद्देश्यले गरिएको सरुवालाई राजनितिकरण नगर्न आग्रह गरेका छन ।
केही दिन अघि मात्र पालिकले आफ्नो क्षेत्राधिकार भित्रका ८६ जना शिक्षकको काज सरुवा गरेको थियो । सरुवाप्रति असन्तुष्टि जनाउँदै शिक्षक सङ्गठनहरूले निर्णय कार्यान्वयन नगर्न अहिले दबाब दिदै आज बाट पालिका कार्यालयमा धर्ना समेत गरेका छन ।
तर अध्यक्ष अधिकारिले पालिकाको शैक्षिक गुणस्तरका लागि गरिएको निर्णयलाइ राजनिति पुर्वाग्रह नराखि सबै शिक्षकहरुलाइ तोकिएको बिध्यालयमा गएर पठन पाठन सुरु गर्न आग्रह गरेका छन ।
पालिकाले गरेको निर्णय शैक्षिक बिग्यहरुकै सुझाबमा स्थानिय शिक्षा ऐन भित्रै टेकेर गरेको समेत बताए । पालिका भनेको सरकार हो , सरकारले गरेको निर्णय मान्दिन भन्नु चै शिक्षकहरुको कुरा गैरकानुनि भएको उहाँको ठहर छ ।
विषेस गरि वर्षौ देखि आफ्नो घर पाएक बिध्यालयमा राजनिति आडमा रजाइ गरिरहेका शिक्षक हरुलाइ यो निर्ण्यले टाउको दुखेको र अरुको उक्साहटमा लागेको समेत अध्यक्ष अधिकारिले बताए ।
अध्यक्ष अधिकारीले स्थानीय सरकारले तोकेको ठाउँमा तत्काल हाजिर गराई काममा लगाउन संबन्धित बिध्यालयका ब्यबस्थापन समिति र प्रधानाध्यापकहरूलाई आग्रह गरेका छन ।