नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले सरुवा भएका शिक्षकहरूलाई हाजिरी गराउन अटेरी गर्ने संबन्धित विध्यालयका प्रधानाध्यापकहरूसँग लिखित स्पष्टीकरण मागेको छ ।
अध्यक्ष अधिकारीका अनुसार, अटेरी गर्ने शिक्षकहरूलाई पनि स्पष्टीकरण सोधी कारवाहीको प्रक्रिया अघि बढाउने तयारी भइरहेको समेत जानकारि दिए । पालिकाको शैक्षिक गुणस्तरमा बृद्दि गर्न गत साता शिक्षकको काज सरुवा गरेपछि सरुवाप्रति असन्तुष्टि जनाउँदै शिक्षक सङ्गठनहरूले निर्णय कार्यान्वयन नगर्न दबाब दिइरहेका छन्।
अध्यक्ष अधिकारीले गाउँपलिकाले गरेको शिक्षक काज सरुवाको निर्णय कार्यान्वयन गर्नेमा आफू दृढ रहेको बताएका छन् । विशुद्ध शैक्षिक सुधारको उद्देश्यले गरिएको सरुवालाई लिएर राजनितिकरण गरिएको भन्दै अध्यक्ष अधिकारीले शैक्षिक क्षेत्रमा कसैले पनि राजनीतिक पूर्वाग्रह नराख्न सम्बद्ध सबैलाई आग्रह गर्दै यो निर्णयबाट आफु कुनै पनि हालतमा पछि नहट्ने बताएका छन ।