१४ जेठ २०८१, सोमबार

दिपक-दिपाले बनाए आफ्नै हल , निर्माता र प्रदर्शकले बराबर मुनाफा पाउने

Facebook
Twitter
WhatsApp

सफल  फिल्म निर्माता तथा कलाकार द्वय दिपक राज गिरि र दीपाश्री   निरौलाले आफ्नै लगानिमा   मल्टीप्लेक्स हल सञ्चालनमा ल्याएका छन् । करिब १० करोडको लागतमा निर्माण गरिएको उक्त हलमा अर्का कलाकार निर्मल शर्मा पनि  लगानिकर्तामा  रहेका छन । काठमाडौंको नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाज हलको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको छ।

दुईवटा अडिटोरियम रहेको हलमा जम्मा ३८७ (एउटामा १७७ र अर्कोमा २१०) सिट क्षमता छ । स्क्रिनप्ले फिल्म्स कम्पनीअन्तर्गत सञ्चालनमा आएको हलको व्यवस्थापन देशको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले हेर्नेछ । योसँगै आईएनआईको हल संख्या तीनवटा पुगेको छ । नयाँ बसपार्कको ल्होत्से मल र बुटवलको मिलनचोकमा गरी यसको दुईवटा हल सञ्चालनमा छन् ।

दीपक-दीपाले हलको निर्माण ५ वर्षअघिदेखि सुरु गरेका थिए । कोरोना महामारी र आर्थिक मन्दीका कारण हल निर्माणमा ढिलाई भएको थियो । आफ्नो फिल्म ‘छक्का पञ्जा ४’बाट हललाई सञ्चालनमा ल्याउने योजना दीपक-दीपाको थियो । तर, त्यो सम्भव भएन । शुक्रबारदेखि यो हलमा ‘एक भागवत र एक गीता’, ‘नाङ्गो गाउँ’, ‘जवान’ र ‘नन् २’ गरी चारवटा फिल्मको प्रदर्शन थालिएको छ ।

हलको उद्घाटन कार्यक्रममा दीपकराजले आफ्नो हलबाट निर्माता र प्रदर्शकले बराबर सेयर पाउने घोषणा गरे । ‘हामीले वर्षौंदेखि भन्दै आएको कुरा के हो भने निर्माता र प्रदर्शकले फिल्मबाट प्राप्त गर्ने रकम बराबर हुनुपर्छ । शेयर बाँडफाँडमा हामी निर्माताको असन्तुष्टि रहँदै आएको छ । यो हलमा भने निर्माता र प्रदर्शकबीच ५०/५० प्रतिशत सेयर बाँडफाँड हुने घोषणा गर्दछु,’ उनले भने । यो नियम अब सबै हलले गर्नु पर्ने उहाको भनाइ छ। हलवाला र निर्माता नङ र मासु रहेको बताउँदै गिरीले दुवैले एकअर्कालाई बचाउनुपर्ने धारणा राखे ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top