राष्ट्रीय स्वतन्त्र पार्टि नुवाकोटले तारकेस्वर गाँउ पालिका वडा नं ६ मा ध्रुब प्रसाद रिमालको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।
आज भाद्र २९ गते सम्पन्न वडा भेलाबाट उप सभापतिमा मनिता भण्डारि , सचिबमा वर्षा तामाङ , सदस्यहरुमा शर्मिला तामाङ , नुर प्रसाद रिमाल , होम नाथ रिमाल, ईश्वरि प्रसाद रिमाल, डोलनाथ रिमाल र शिबराम रिमाल सर्बसम्मत चयन गरिएको छ ।
भेलामा नुवाकोट का राष्ट्रीय स्वतन्त्र पार्टिका प्रदेश समिति , जिला समिति , पालिका संयोजक देखि काठमाण्दौ संपर्क मन्चका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।