राष्ट्रीय स्वतन्त्र पार्टि नुवाकोटले तारकेस्वर गाँउ पालिका वडा नं ५ मा सुन बहादुर तामाङ्को संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । नुवाकोटका सबै स्थानिय तहमा यहि भाद्र महिनाभरिमा संगठन निर्माण सकिसक्नु पर्ने केन्द्रको निर्देशन अनुसार पार्टिले तारकेस्वरको सबै वडा भोलिसम्म सक्न लागेको हो ।
आज भाद्र २९ गते सम्पन्न वडा नं ५ भेलाबाट उप सभापति पछि मनोनयन गर्ने गरि सचिबमा सुर्य प्रसाद गजुरेल , सदस्यहरुमा रोजिना घिमिरे , प्रबिण घिमिरे, बल बहादुर तामाङ, प्रताप तामाङ र राममणि घिमिरे चयन गरिएको छ ।
नब गठित पदाधिकारिहरुलाई बागमति प्रदेस समिति सदस्य लक्ष्मि पाण्डेले पद तथा गोपनियता सपथ खुवाउनु भएको थियो ।
भेलामा नुवाकोट का राष्ट्रीय स्वतन्त्र पार्टिका प्रदेश समिति , जिला समिति , पालिका संयोजक देखि काठमाण्दौ संपर्क मन्चका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । भोलि वडा नं २,३ र ४ को पनि कमिटि गठन हुदैछ ।