राष्ट्रीय स्वतन्त्र पार्टि नुवाकोटले तारकेस्वर गाँउ पालिका वडा नं ३ मा भोज बहादुर भण्डारिको संयोजकत्वमा आज नयाँ कार्यसमिति गठन गरेको छ । नुवाकोटका सबै स्थानिय तहमा यहि भाद्र महिनाभरिमा संगठन निर्माण सकिसक्नु पर्ने केन्द्रको निर्देशन अनुसार पार्टिले तारकेस्वरको सबै वडा भोलिसम्म सक्न लागेको हो ।
आज सम्पन्न वडा भेलाबाट उप सभापतिमा सिता ढुङ्गाना सचिबमा शिब प्रसाद ढकाल , सदस्यहरुमा आशिष ढुङ्गाना , गणेश श्रेष्ठ, सानु कामि , प्रमिला नेपालि, बल प्रसाद ढकाल, देवकि ढुङ्गाना र सम्बर बहादुर भण्डारि चयन गरिएको छ ।
नब गठित पदाधिकारिहरुलाई राष्ट्रीय स्वतन्त्र पार्टि जिल्ला संयोजक रामेश्वर गजुरेलले पद तथा गोपनियता को सपथ खुवाउनु भएको थियो ।
भेलामा रास्वपा नुवाकोटका सस्थापक नेता जितेन्द्र अर्याल , बागमति प्रदेश समिति सदस्य लक्ष्मि पाण्डे, निर्वाचन क्षेत्र समिति सदस्य दिल बहादुर शाक्य, तारकेस्वर गाउँपालिका संयोजक ईश्वर अर्याल लगायतका बक्ताहरुले आ आफ्नो धारणा राख्नु भएको थियो ।