राष्ट्रीय स्वतन्त्र पार्टि नुवाकोटले तारकेस्वर गाँउ पालिका वडा नं ४ मा राजेश कुमार श्रेष्ठको संयोजकत्वमा आज नयाँ कार्यसमिति गठन गरेको छ ।
आज सम्पन्न वडा भेलाबाट उप सभापतिमा सरिता राई, सचिबमा दिपकमणि घिमिरे , सदस्यहरुमा उद्दब केसि , चुडाराज सापकोटा, रुपक वस्ति, श्याम बहादुर श्रेष्ठ, रमेश शाहि चयन गरिएको छ ।
नब गठित पदाधिकारिहरुलाई राष्ट्रीय स्वतन्त्र पार्टि जिल्ला संयोजक रामेश्वर गजुरेलले पद तथा गोपनियता को सपथ खुवाउनु भएको थियो ।
भेलामा रास्वपा नुवाकोटका सस्थापक नेता जितेन्द्र अर्याल , बागमति प्रदेश समिति सदस्य लक्ष्मि पाण्डे, निर्वाचन क्षेत्र समिति सदस्य दिल बहादुर शाक्य, तारकेस्वर गाउँपालिका संयोजक ईश्वर अर्याल लगायतका बक्ताहरुले आ आफ्नो धारणा राख्नु भएको थियो ।