नुवाकोटको विदुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा अब ढल ब्यबस्थापन हुने भएको छ । अब बन्ने ढल बबस्थापन प्रशोधन सहितको हुनेछ ।
आईतवार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले सो कामको शिलान्यास गरेका छन् ।
विदुर नगरपालिकाको वडा नम्बर १, २,४, ८ र ९ गरि ५ ओटा वडाको ढल व्यवस्थापन गर्न प्रशोधन सहितको योजना कार्यान्वयनका लागि काम शुरु भएको हो ।