तारकेस्वरको शिक्षक सरुवा तत्काल रोक्न आन्तरिम आदेश

Facebook
Twitter
WhatsApp

नुवाकोट । तारकेश्वर गाउँपालिका ले केहि दिन अघि  गरेको अन्तर बिध्यालय शिक्षक  काज सरुवा अन्तत  रोकिएको छ ।

गाउँपालिकाले गरेको शिक्षक सरुवाको विरोधमा उच्च अदालतमा पाटनमा परेको रिटमा शिक्षहरुलाई सरुवा नगर्न   आज अन्तरिम आदेश भएसँगै शिक्षक सरुवा रोकिएको हो ।

पालिकाका सरुवामा परेका  शिक्षकहरुले गत शुक्रबार उच्च अदालतमा शिक्षक सरुवा बदर गरिपाउँ भनि रिट निवेदन दिएका थिए ।

सो रिट निवेदनका विषयमा बहस गर्दै उच्च अदालत पाटनका न्यायाधीश विष्णुप्रसाद तिवारीको इजलासले तारकेश्वर गाउँपालिको नाममा अन्तरिम आदेश जारी गर्दै   शिक्षक सरुवाको कारण समेत माग गरेको छ ।

गाउँपालिकाले शिक्षा क्षेत्रलाइ चलायमान बनाउने भन्दै  ८६ जना शिक्षकलाई अन्तरविद्यालय सरुवा गरेको थियो । शिक्षक सरुवाका विषयमा  सबै शिक्षक संघ संगठन र बिभिन्न  राजनीतिक दलहरुले समेत विरोध जनाएका थिए ।

अदालतको आदेश सगै शिक्षकहरुको साबिककै बिध्यालयमा अध्यापन गराउन पाउने बाटो खुलेको छ ।  अदालतबाट पुर्ण पाठ भने आउन बाँकि नै  छ ।यो नै अन्तिम फैसला भने होइन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top