विदुर । नुवाकोट जिल्लाको सामुदायिक विद्यालय पृथ्वी मा.वि. बागमती प्रदेश कै सामुदायिक विद्यालयहरु मध्ये दोस्रो उत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले बागमती प्रदेश भित्रका १३ जिल्लाका झण्डै २ हजार सामुदायिक विद्यालयहरुको २०७९ को एसइई परीक्षाको नतिजाको आधारमा उत्कृष्ट छानिएको हो।
उक्त नतिजा अनुसार सामुदायिकतर्फ मेधा मावि तेखापुखु भक्तपुर प्रथम, श्रम राष्ट्रिय मावि कुमारीगाल काठमाडौं तृतीय, पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँ चौथो र बलम्बु मावि बलम्बु काठमाडौं पाँचौं भएका छन् । उत्कृष्ट पाँचमध्ये उपत्यका बाहिरको पृथ्वी मावि मात्र रहेको छ ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये कृष्मा श्रेष्ठ र बन्दना पुडासैनीले ३.९५ जिपिए ल्याउन सफल भएका थिए । यस्तै संस्थागत विद्यालयतर्फ रिलाइन इन्टरनेशलन एकेडेमी प्रथम,ह्वाइटकिड स्कुल बालुटार द्धितिय र प्लोरोसेन्ट स्कुल गोंगबु त्रितिय बनेका छन् ।