अ्मेरिका-अमेरिकाको जनघणनाको विभागले जारी गरेको नया तथ्यकमा अमेरिकामा बस्ने नेपालीहरुको जनसंख्या प्रत्यक वर्ष बढिरहेको देखाएको छ।
सन २०२० मा लिइएको जनघणनाको आधारमा हाल सार्वजनिक भएको तथ्यांकमा अमेरिकामा नेपालिको संख्या २ लाख १९ हजार ५ सय ३ रहेको छ। जस अनुसार सबै भन्दा बढी नेपाली रहेको राज्य टेक्सस बन्न पुगेको छ । टेक्ससमा मात्र २८ हजार ६ सय ६३ नेपालीको जनसंख्या रहेको छ ।
टेक्सस पछि दोस्रो न्युयोर्कमा २३ हजार ७७ , तेस्रो नम्बरमा ओहोयोमा २१ ह्जार ५ सय ६७ रहेको छ । त्यस्तै क्यालिफोर्णियामा १९ हजार ६ सय र मेरिल्यान्डमा १० हजार ५ सय ३८ रहेको छ ।
२०२० मा भारतीयहरुको जनसंख्या ५० प्रतिशतले बढेको देखाएको छ । अमेरिकी सरकारको जनघणना तथ्यांकमा भारतीय अमेरिकीको संख्या अत्याधिक देखिएको छ ।