दशैंमा चिनिको हाहाकार हुदै

Facebook
Twitter
WhatsApp

उद्योगहरुले स्टक सकिएको जानकारी दिँदा पनि समयमै आयातको प्रवन्ध नमिलाउँदा यसपालीको दशैँ तिहारमा चिनीको अभाव हुने संकेत देखिएको छ ।

स्वदेशी चिनी उत्पादकहरुले मौज्दात नरहेको भन्दै कर छुटको चिनी ल्याउनुपर्ने बताउँदै आएका थिए । तर, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले यस सम्बन्धमा समयमै तदारुकता देखाएन ।

भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले भारतबाट २० हजार मेट्रिक टन चिनी ल्याउने र यसमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेपनि चिनी आयातको अनुमति पत्र दिइएको छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई चिनी आयातको अनुमति दिने मन्त्रिपरिषदको निर्णय भएपनि अहिलेसम्म यी दुइ वटै संस्थानले चिनी ल्याउने अनुमति पाएका छैनन् ।

एकातिर स्वदेशी उद्योगसँग मौज्दात शून्य हुनु र अर्कातिर भन्सार छुटको चिनी ल्याउन खाद्य र साल्ट ट्रेडिङलाई समयमै अनुमति नदिइनुले यसपालीको दशैँ र तिहारमा चिनी अभाव हुने देखिएको छ । तर, बल्ल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङसँग १०÷१० हजार मेट्रिक टन चिनी ल्याउने विषयमा छलफल सुरु भएको छ ।

सरकारले टेण्डर माग गरेको भएपनि स्वीकृत गरिसकेको छैन । त्यसकारण भन्सार छुटको २० हजार मेट्रिक टन चिनी दशैँ अगाडी आउने सम्भावना टरेको खाद्य र साल्ट ट्रेडिङकै अधिकारीहरु बताउन थालेका छन् ।

‘२ महिना अगाडी नै चिनी आयातको अनुमति माग गरेका थियौँ, त्यतिबेला अलिअलि स्टक थियो, तर स्टक नसकिउन्जेलसम्म उद्योग वाणिज्य मन्त्रालय र सरकारले कुनै चासो दिएनन्’ खाद्यका एक अधिकारी भन्छन्, ‘अब ल्याउने भनिएको २० हजार टन चिनी दशैँ अगाडी नै आउने सम्भावना छैन ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top