तारकेस्वर ३ का वडा अध्यक्षको आरोप , शिब अधिकारिको निर्णय अबैधानिक

Facebook
Twitter
WhatsApp

तारकेस्वर गाँउपालिकाले गरेको शिक्षक सरुवामा परेको रिटलाई अन्तरिम आदेश आबश्यक नरहेको  उच्च अदालत पाटनको निर्णायार्थ  पालिकाले मातहतका सबै विध्यालयहरुलाइ सोहि बमोजिम कार्य गराउन चिठ्ठि  पठाएको छ ।

तर यता आफ्नै वडा अध्यक्षहरुले पनि त्यस्तो निर्णय नमान्ने भन्दै बिरोध जनाएका छन । वडा नं ३ का अध्यक्ष सुर्य मान श्रेश्ठले उच्च अदालतको निर्णय अन्तिम फैसला नभएको भन्दै अध्यक्ष अधिकारिको आदेश नमान्न संबन्धित बिध्यालयहरुलाइ अनुरोध गरेका छन ।

यति मात्र होइन उनले पालिका अध्यक्ष शिब अधिकारिको हरेक निर्णय अबैधानिक समेत भएको आरोप लगाएका छन । उक्त कुरा उनले आफ्नो सामाजिक संजाल मार्फत सार्बजनिक गर्दै कुन अदलतले शिक्षकको मुद्दा खारेज गरेको हो प्रमाणित गराउन चुनौति समेत दिएका छन ।

त्यसो त वडा नं ३ का अध्यक्ष सुर्य मान श्रेश्ठ र पालिका अध्यक्ष अधिकारि एउटै दल नेपालि कांग्रेसका तर्फबाट बिजयि जनप्रतिनिधि भएता पनि  शिब अधिकारि देखि असन्तुस्ट कांग्रेस भित्रकै हरेक निर्णयमा बिरोध  जनाउने जनप्रतिनिधि पात्रको रुपमा चिनिन्छन । उनले आफ्नो फेसबुक पोस्टमा सार्बजनिक गरेका अभिब्यक्ति यस्तो छ -”

“गाउँपालिका अध्यक्ष ज्युको सचिवालयको नामबाट राखिएको स्टाटस पढियो । स्टाटसमा लेखिए अनुसार कुन अदालतले मुद्दा खारेज गरेको हो देखाउन चुनौती दिन चाहन्छु । मुद्दा बिचाराधिन अबस्थामा रहेको तथा छिनोफानो हुन बाँकी रहेको छ ।
मुद्दा टुंग्याउन बाकी हुँदाहुँदै जथाभावी रुपमा गरेको निर्णय अस्वीकार्य छ । गाउँकार्यपालिकाको अधिकांस कार्यपालिका सदस्य पालिकाको निर्णय अबैधानिक रहेको निस्कर्षमा छौँ । उच्च अदालत पाटनले मुद्दा छिनोफानो नगरिसकेको अबस्थामा निमित्त प्रशासकीय अधिकृतले बिद्यालयहरुलाई चिठी लेख्नु अबैधानिक छ त्यसैले असोज १६ गते र २० गते अदालतमा सरुवा सम्बन्धि पुन; पेसी छ । अत; सम्पुर्ण बिद्यालयले पुर्बाबस्थामा कामकारबाही गर्नुहुन अनुरोध छ ।साथै झुटो फैसलाको दम्भ देखाउदै शिक्षक तर्साउने खेल बन्द गर्न अध्यक्ष ज्युलाई अनुरोध गर्दछु।”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top