तारकेस्वर गाँउपालिकाका अध्यक्ष शिब अधिकारिले एक बिग्यप्ति जारि गर्दै १० शैयाको प्राथमिक अस्पताल वडा नं १ दाङ्सिङमै रहने प्रतिबद्दता जनाएका छन ।
केहि दिन अघि देखि वडा नं १ का जनताले अस्पताल सारेर गोर्स्याङ लगिएको भन्दै बिरोध स्वरुप पालिका कार्यालय घेराउ देखि तालाबन्दि समेत गरेपछि अध्यक्ष अधिकारिले सो बारे स्पस्ट पारेका हुन ।
यस अघि नै १ नं वडावासि जनतालाइ यो विषयमा स्पस्ट पार्दा -पार्दै पनि आफुसग स्वार्थ लिन नपाएका एवं राजनिति प्रतिसोध बोकेका झुण्डले जनतालाइ भ्रम छरि उक्साएको बिग्यप्तिमा भनेका छन ।
आन्दोलनको नाममा केहि हुलले आफ्ना पालिका कर्मचारिमाथि गरिएको आक्रमणमा कानुनि बाटो समेत अपनाउन पालिका पछि नपर्ने भन्दै कर्मचारिहरुलाइ बिचल्लित नभै जनताको सेवामा लाग्न भनेका छन ।
यसका साथै वडा नं १ का जनताहरुलाइ कसैको स्वार्थ पुरा गर्दिनलाइ भ्रममा परेर आफ्नो अ्मुल्य समय खर्चेर यस्ता अराजक गतिबिधिमा संलग्न नहुन समेत आग्रह गरेका छन ।
तारकेश्वर गाउँपालिकाकाे प्रेस विज्ञप्ति
आज केही अराजक व्यक्तिहरूको समूहबाट तारकेश्वर गाउँपालिका कार्यालयमा भएको हुलहुज्जत र कर्मचारीहरूमाथिको दुर्व्यवहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पहिले नै विज्ञप्ति जारी गरी स्पष्ट पारिसकिएको १० शय्याको प्राथमिक अस्पतालको विषयलाई लिएर धमिलो पानीमा माछा मारी आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न खोज्ने केही व्यक्तिहरूको उक्साहटमा भएको निन्दनीय कार्यप्रति खेद प्रकट गर्दछौं ।
१० शय्याको दरबन्दी सहितको अस्पताल तारकेश्वर-१ दाङसिङमै रहने हामीले यसअघि नै प्रस्ट पारिसकेका छौं । आउँदो कार्यपालिकाको बैठकबाट यसलाई अझै परिपक्व ढङ्गले अघि बढाउने तयारी भएको र सोको जानकारी समेत गराइएको अवस्थामा तारकेश्वर-१ का जनतालाई भ्रमित गरी अराजक गतिविधिमा सामेल गराउने र कानुन हातमा लिने दुस्प्रयास भएको छ । सार्वजनिक फौजदारी अपराधको मुद्धा आकर्षित हुने गतिविधि भएको र गाउँपालिका कार्यालयको सिसी टिभीमा स्पष्ट फुटेज रेकर्ड भएको अवस्थामा गाउँपालिकाले आफ्ना कर्मचारीमाथिको दुर्व्यवहार कदापि सहन गर्ने छैन र अविलम्ब कानुनी उपचारको बाटो अवलम्बन गर्ने छ । त्यसैले, कत्ति पनि बिचलित नभई निर्धक्क भएर सेवामा खटिनुहुन कर्मचारीवर्गमा आग्रह गर्दछौं ।
भ्रम र हल्लाको पछि नलागी कसैकाे उक्साहटमा नआई दरबन्दी सहितको अस्पताल १ नम्बर वडामै रहने कुरामा विश्वस्त भई रहनुहुन र कसैकाे कुन्ठाशान्ति वा अभीष्टपूर्तिका लागि गरिने यस्ता भ्रामक र भड्काउ प्रचारबाजी तथा अराजक गतिविधिमा झुक्किएर पनि सहभागी नहुनुहुन तारकेश्वर-१ का आम जनसमुदायमा हामी पुनः आग्रह गर्दछौं । गाउँको शान्ति सुरक्षा र कानुनको सर्वोच्चतामा कुनै सम्झौता नहुने स्पष्ट पार्दै शान्तिपूर्ण र सौहार्द वातावरणमा समृद्ध तारकेश्वरको सपना साकार पार्न सबै मिली हातेमालो गर्नुहुन सम्पूर्ण तारकेश्वरवासीमा हार्दिक अनुरोध गर्दछौं ।
शिव अधिकारी अविरल
अध्यक्ष,
तारकेश्वर गाउँपालिका, नुवाकोट