नुवाकोट । तारकेस्वर गाँउपालिकाका अध्यक्ष शिब अधिकारिले अस्पताल स्विकृतको विषयमा आफुहरुलाई झुट बोलेर ढाँटिरहेको वडा नं १ का जनताले आरोप लगाएका छन ।
वडा नं १ दाङ्सिङ्मा बनाउनलाइ स्विकृत पाइसकेको १० शैयाको प्राथमिक अस्पताललाइ आफ्नो मनोखुसिले वडा नं ५ गोर्स्याङमा सार्न लागिएको आरोप लगाउदै यतिखेर उनिहरु पालिकाको निर्णय बिरुद्द आन्दोलित छन।
तालाबन्दिको अबस्थामा पुग्दा समेत पनि अध्यक्ष अधिकारिले वडाबासिहरुको मागलाई बेवास्ता गरेको आरोप लगाएका छन । वडा नं १ बाट अस्पताल अन्यत्र सारिएको आधिकारिक पत्रहरु सामाजिक संजालमा बाहिरिदा समेत अध्यक्षले जहा स्विकृत छ त्यहि बन्छ भनेर झुट बोलेर जनतालाई छल्ने र पेल्ने काम गरेको उनिहरुको आरोप छ ।
वडा नं १ को दाङ्सिङमा बन्ने अस्पताललाइ वडा नं ५ को गोर्स्याङमा सार्न गाँउपालिका को निर्णय र जिल्ला समन्वय समितिको सिफारिस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले अनुमति दिएको पत्र नै बाहिरिए पछि जनताहरु थप आक्रोसित भएका हुन ।
यसैलाइ आधार मानेर शिब अधिकारिले आफुहरुको छलफल र सहमतिबिना अस्पताल सारेर वडा नं १ बासिहरुलाई घात गरेको आरोप लगाएका छन । जनताको सहभागितामा पालिकाले अस्पताल सारेको निर्णय फिर्ता लिइ जहा पाएको हो त्यहि बनाउने सहमति नभए सम्म बिरोध जारि राख्ने जनाएका छन ।
यस्तो छ मन्त्रालयको पत्र

