इजरायलमा फेरि युद्द सुरु आक्रमणमा ९ नेपालि घाइते

Facebook
Twitter
WhatsApp

काठमाडौं । सरकारले इजरायल आक्रमणमा परी ९ नेपाली घाइते भएको जनाएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १४ जना कार्यरत रहेको एक फार्ममा भएको आक्रमणमा ९ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

एक फार्ममा कार्यरत १४ नेपालीमध्ये ९ जना घाइते भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । इजरालयमा रहेको नेपाली दूतावासले नजिकबाट समन्वय गरिरहेको बताइएको छ । त्यहाँस्थित नेपाली दूतावासले इजरायलका अधिकारीहरुसँग सुरक्षा र नेपालीको उद्धारमा पहल गरिरहेको जनाइएको छ ।

घाइतेको उपचारमा सहयोग गर्न पनि आग्रह गरिएको जनाइएको छ । यसैबीच इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता कृष्णबहादुर भण्डारीले इजरायल र लेवनानको सीमा क्षेत्रमा  नेपालि शान्ति सैनिक भएको स्थानमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताए ।

शान्ति मिसनमा ८७५ जना नेपाली सेना तैनाथ रहेका छन् । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको कारबाहीमा ४० जना इजरायली नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top