अनमोल केसिलाई थुनाउने सुदर्शनलाई पनि पक्राउ पुर्जि

Facebook
Twitter
WhatsApp

फिल्म ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

फिल्मका निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर करोड ठगी गरेको भन्दै उजुरी दिएपछि पक्राउ पुर्जी जारी भएको हो।

सोही जाहेरीमा उल्लेख भएका तीन जनामध्ये एक ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल भने शुक्रबार पक्राउ परेका छन्। उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।

गत सातामात्रै सुदर्शनको उजुरीका आधारमा कलाकार अनमोल केसी पक्राउ परेका थिए। उनीविरुद्ध सुदर्शनले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। तीन दिन हिरासतमा बसेर अनमोल हाजिरी जमानतमा छुटेका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top