तारकेस्वर । नुवाकोटकोलाइ कार्य क्षेत्र बनाएर स्थापित सामाजिक संस्था साहारा फाउन्डेसनले तारकेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको शंखादेवि माध्यामिक विद्यालयलाई प्राथमिक उपचारको बिभिन्न स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग गरेको छ ।
संस्थामा सस्थापक अध्यक्ष सुदिप घिमिरेले आज एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई आवश्यक पर्ने एक लाख भन्दा बढी स्वास्थ्य तथा सरसफाई सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै साहारा फाउन्डेसनका अध्यक्ष सुदिप घिमिरेले विद्यालयले विभिन्न स्वास्थ्य सामाग्रीहरु आवश्यक रहेको भन्दै माग गरेपछि माग गरे वमोजिमका स्वास्थ्य तथा सरसफाई सामाग्री उपलब्ध गराएको जानकारी दिए ।

आफुले अध्ययन गरेको विद्यालयमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै घिमिरेले आगामी दिनमा तारकेश्वर गाउपालिका सबै विध्यालायाहरुमा यस्ता खालका सहयोगहरु गर्दै जाने बताउनु भयो।
कार्यक्रममा विद्यालयका प्रध्यानाअध्यापक दामोदर कुईकेलले विद्यालयलाई आवश्यक पर्ने स्वास्थ्य तथा सरसफाई सामाग्री विद्यालयकै पुर्व विद्यार्थीबाट पाएकोमा खुशी व्यक्त गरे ।
साहारा फाउन्डेसन भर्खरै स्थापित सामाजिक सस्था भएता पनि पछिल्लो समय समाज सेवामा आक्रामक देखिदै आएको छ। यसभन्दा अघि पनि स्वास्थ्य सेवामा बिबिध कार्यक्रमहरु गर्दै आइरहेको छ।
स्मरण रहोस यस सस्थाका अध्यक्ष घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश बिधान मन्थनका सदस्य समेत रहेका छन्