पर्यटन / पर्यटन विज्ञ तथा सफल पर्यटन ब्यवसायी सुमन बिक्रम पाण्डे ”टुरिजम लिडरशिप अवार्ड -२०२३” बाट सम्मानित हुनुभएको छ।
सिजन मिडियाले ललितपुर स्थित होटेल हिमालयमा आज आयोजना गरेको ”एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड ” कार्यक्रममा पर्यटन क्षेत्रको बिकासमा अमुल्य योगदान दिए बापत उहालाई उक्त अवार्ड दीइएको हो।
सिजन मिडियाले २१ विधामा एसियाली मुलुकका बिभिन्न पेशामा आबद्द व्यक्तित्वहरुलाई अवार्ड वितरण गरेको थियो जसमा, नेपालको तर्फबाट पर्यटन लिडरमा पाण्डे छानिनु भएको हो। सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल्, प्रचन्डको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यममा उक्त मिडियाले भारत, जापान, पाकिस्तान, कतार, मलेसिया, अस्ट्रेलिया ,चिन, थाईल्याण्ड, म्यानमार, कम्बोडिया लगायत एसियाली मुलुकका बिभिन्न क्षेत्रका सफल व्यबसयिहरुलाई अवार्ड वितरण गरिएको थियो।
पाण्डेले आफुले अवार्ड पाएकोमा खुसि व्यक्त गर्दै लामो समय पर्यटन क्षेत्रमा दिएको योगदान अझै नपुगेको र थप हौसला प्रदान गरेको बताए।
स्मरण रहोस सुमन बिक्रम पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट क्षेत्र नं २ का गत निर्वाचनमा प्रतिनिधि सभाका प्रत्यासी उमेदवार हुनुहुन्छ।