नुवाकोट / तारकेस्वर गाउपालिकाले शिक्षक काज सरुवा कार्यान्वयन गर्न अटेरी गरिरहेका प्रधानाध्यापक र रमना लिन नजाने शिक्षकहरुको तलब रोक्का गरिदिएको छ।
शिक्षकहरुले गाउपालिकाले गरेको निर्णयलाई अस्विकार गरेको र अदालतको आशयलाई समेत नमानेको कारण देखाउदै कारवाही प्रक्रिया अगाढी बढाउँन समेत शिक्षा शाखालाई निर्देशन दिएको पाइएको छ।
समाजको ऐना बनेर संबेदनशील भै कार्य गर्नु पर्ने शिक्षकहरु राजनीतिक स्वार्थ बोकेका झुण्डको उक्साहटमा लाग्नु चिन्ताको विषय भएको बताउदै अध्यक्ष शिब अधिकारीले सरकारले गरेको निर्णय मान्नुको बिकल्प शिक्षकहरुसग नरहेको बताए। अदालतले अन्तरिम आदेश नै दिइरहनु नपर्ने भनेर कार्यान्वयनको बाटो खुला गरिसकेको विषयमा आन्दोलन ,तालाबन्दी जस्ता अराजक गतिबिधिमा इमान्दार शिक्षकहरु नलाग्न समेत अनुरोध गरे।
गाउपालिका भनेकै स्थानीय सरकार हो अनि त्यहि सरकारको निर्णय नमान्दा कारबाही प्रक्रियामा जान आफु बाध्य भएको बताए। शिक्षक सरुवाको विषयलाई लिएर कार्यान्वयनमा पालिका र शिक्षकहरुबीच आन्दोलन लम्बिदा ३ महिना देखि शिक्षकहरुको तलब पाएका छैनन्। गुणस्तरीय शिक्षामा जोड दिने भन्दै पालिकाले ८६ जना शिक्षकहरुको अन्तर विद्यालय सरुवा गरेको थियो जसलाई राजनीति दाउपेचको नाममा विद्यालय ब्यबस्थापन समिति र वडाहरुले आफ्ना मातहतका शिक्षकहरुलाई उक्साउदा अहिलेसम्म काज सरुवा कार्यन्वयनमा आउन सकेको छैन।
यो मामिलामा तारकेस्वरमा सम्पूर्ण शिक्षक,पालिका उपाध्यक्ष र वडा अध्यक्षहरु एकातिर छन् भने अध्यक्ष अधिकारि एकातिर छन्। वार्ता र संवादबाट समस्याको समाधान खोज्न जानकारहरुले सुझाब दिए पनि शिब अधिकारीको पछिल्लो निर्देशन हेर्दा आफ्नो निर्णय जसरिनि कार्यान्वयन गराएरै छाड्ने मनस्थितिमा देखिन्छन। तर दशैको मुखमा समेत तलब नपाउदा शिक्षकहरु झन् आक्रोसित देखिन्छन।