नुवाकोट : नेपालि काङ्ग्रेस नुवाकोट जिल्ला कार्यसमिति द्वारा यसपाली आयोजित दशैँ ,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नयापनको थालनी देखिएको छ। सधै आफ्नै कांग्रेसी परिवारलाई मात्र समाबेस गरिदै आएको चाड पर्व विशेस कार्यक्रममा यसपाली भने नुवाकोट जिल्लाका सम्पूर्ण दललाई आमन्त्रण गरिएर भाइचाराको सम्बन्ध बिस्तार गरिएको हो।
नुवाकोट पार्टि कार्यलयमा सम्पन्न उक्त कार्यक्रममा पार्टि भित्र पनि एकताको सन्देश दिने र अन्य दलहरुबिच सद्दभाव कायम राख्ने यस कार्यक्रमको उदेश्य रहेको उपस्थित नेताहरुले बताए ।
कार्यक्रममा बागमती प्रदेश अर्थमन्त्री नेपालि कांग्रेसका बहादुर सिङ लामा , नुवकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सङ्घिय साम्सद हित बहादुर तामाङ ,एमाले नेता बद्री मैनालि , माओवादि जिल्ला सचिव कल्पना रिमाल , राप्रपा जिल्ला सचिव महेश डङोल,राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा प्रधुम्न महत लगाएतका नेताहरुको उपस्थिति रह्यो ।
यसका साथै सम्पूर्ण पालिकाका निर्वाचित जनप्रतिनिधिहरुको पनि बाक्लो उपस्थित रहेको थियो । केन्द्रिय राजनीतिको जस्तै राजनीतिमा कोहि पनि शत्रु हुदैनन् ,देश निर्माणमा सबैको सहकार्य अनिबार्य हुन्छ भन्ने सन्देश आगामी दिनमा जिल्ला तहदेखि गाउसम्म जाने संकेत देखिएको छ।