चितवनको भरतपुरमा निर्माण भएका तीन वटा खानेपानी आयोजनाको आज प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले एकसाथ समुदघाटन गर्नुभएको छ।
प्रधानमन्त्री प्रचण्ड’ले शारदानगर खानेपानी तथा सरसफाई आयोजना, दिव्यनगर खानेपानी आयोजना र जखडीमाई सहलगानी खानेपानी आयोजनाको आज आइतबार एक साथ समुद्घाटन गरेका हुन् ।
सो क्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस खानेपानी आयोजनाले यहाँको जनताले स्वच्छ र गुणस्तरीय खानेपानी पिउने वातावरण बनेकोमा खुशी व्यक्त गरे । सो क्रममा बोल्दै खानेपानी मन्त्री महिन्द्र राय यादवले यस खानेपानी आयोजना समयमै सम्पन्न गराउन योगदान दिने सबैमा धन्यवाद दिए ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आगामि दुई वर्षभित्रमा भरतपुरमा सबै खानेपानीको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाइन । आफुले उद्घाटन गरेको तीन आयोजनाबाट भरतपुरका ८ हजार ७८७ घरधुरी लाभान्वित भएका बताइन ।