नुवाकोट पंचकन्यामा एक महिलाको हत्या

Facebook
Twitter
WhatsApp

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा एक बृद्धा महिलाको हत्या भएको छ । उक्त घटना वडा नं ३ मा घटेको हो।

हत्याको आरोपमा प्रहरीले गाउँपालिका वडा नम्बर ३ तीनघरेका एक जनालाई पक्राउ गरेको छ । मंगलबार स्थानीय ७१ वर्षीया नुरकुमारी थापाको हत्या गरेको आरोपमा सोही वडाका २७ वर्षीय श्यामबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा एसपी सञ्जयसिंह थापाले बताए ।

दसैं मान्न पैसा माग्दा नदिएपछि श्यामबहादुरले नुरकुमारीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।
नुरकुमारीले पैसा नदिएपछि श्यामबहादुरले खुकुरीले टाउकोमा हानेको बयानमा बताएको प्रहरीले जनाएको छ । श्याम बहादुरलाई प्रहरीले शुक्रबार अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top