बेलकोटगढीका उपमेयर शिव दाहालद्धारा ५० हजारको अक्षयकोष स्थापना

Facebook
Twitter
WhatsApp

नुवाकोट। नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहालले ५० हजार रुपैयाको एक अक्षय कोष स्थापना गरेका छन् आफ्ना दिवंगत स्वर्गीय पिता नेत्र प्रसाद दाहालको स्मृतिमा उक्त कोषको स्थापना गरेका हुन् । दाहालको आफ्नै ८ नं वडामा रहेको कल्याणीदेवी माध्यामिक विद्यालयमा एक विषेश कार्यक्रमको आयोजना गरी ५० हजार रुपैयाँ सहयोग गरि कोष खडा गरेका हुन् ।

विद्यालयद्वारा गत शुक्रबार आयोजित दशैँ तिहारको विशेष शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा प्रमुख अथितिको रुपमा सहभागी हुँदै उपप्रमुख दाहालले ५० हजारको चेक विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष सुरेश चित्रकार, बेलकोटगढी नगरपालिकाकी पुर्व कार्यपालिका सदस्य लक्ष्मी गजुरेल पुडासैनी, नेपाली काँग्रेसका स्थानिय नेता दिपेन्द्र ढुंगाना र दुर्गाप्रसाद पुडासैनी, नेपाल रेडक्रस सोसाइटी नुवाकोटका नवराज सुवेदी, नेकपा (माओवादी केन्द्र) का स्थानिय नेता रामप्रसाद पुडासैनी, लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला सचिव समेत रहेका शिव दाहाल विगत लामो समयदेखि राजनीतिक सक्रियतासँगै सामाजीक सेवामा आफूलाई अग्रसर गराउँदै आएका नेतासमेत हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top