प्रवास। नुवाकोट समाज दक्षिण कोरियाको नवौ अधिवेशनबाट बुद्धीबहादुर तामाङको नेतृत्वमा २० जना नयाँ कार्यसमिति चयन गरिएको छ।
नव गठित सस्थाको बरिष्ठ उपाध्यक्षमा अभिनास तामाङ, अर्का उपाध्यक्ष द्वय सुरेश भट्ट,सुनिल रिजाल,सचिबमा नविन भट्टराई,सहसचिबमा प्रमोद बुढाथोकी,कोषाध्यक्षमा रामेश्वर ढुङ्गाना ,सहकोषाध्यक्षमा,अर्जुन तामाङ र सदस्यहरूमा उद्धब थापा मगर, बिजय तामाङ, प्रदिप न्यौपाने,सुजन सिलवाल, सन्देश रिमाल, मनोज सुबेदी,श्रीकृष्ण सिलवाल,श्याम सुर्खेति ,सरोज सापकोटा, प्रदिप पाठक,सुप्रिम रत्न लामा र सबिता तामाङ चयन हुनुभएको छ।
नुवाकोट स्थायी घर भै हाल दक्षिण कोरियामा कार्यरत नेपालीहरुको सामाजिक सस्था ”नुवाकोट समाज दक्षिण कोरिया ” बिगत ९ वर्षदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको सस्था हो। कोरियामा भएका आफ्ना जिल्लाका नागरिकको हकहितको संरक्षण र नेपालमै पनि आफ्नो जिलाको बिकासमा टेवा पुर्याउने उदेश्यले स्थापित सस्था हो।