काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको चुनाब विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारबाट बन्चित नगराइने बताउनु भएको छ। बिदेशमा रहेका नेपालीलाई भोट हाल्ने ब्यबस्था नगरिदिदा सम्म चुनाब नै निष्पक्ष नहुने परिस्थिति बनेको बताउनु भयो ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनप्रगतिशील आबद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)सँगको भेटमा उहाले विदेशमा रहेका नेपालली मत हाल्न नपाउँदा निर्वाचन फर्जीजस्तो भएको टिप्पणी गरे ।
झन्डै आधा नेपालि बिदेशमा छन् , उनीहरूलाई मतदानको अधिकार दिएपछि मात्रै जनमतको कदर हुने भयो । विदेशमा रहेका लाखौँ नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुने भयो, उहाँबाट फोन गरेका भरमा मत राख्नुपर्ने,” उहाले भन्नु भो ,यसो हुदा अहिले त सामाजिक संजाल जस्ता माध्यमबाट प्रभावित गर्ने झन् खतरा पो भयो ।”
निर्वाचन भनसुनका आधारमा हुनेजस्तो भएकाले विधिमा ल्याउन अर्को चुनावमा प्रवासीलाई मतदान गराउनुपर्ने भनेर तयारि गर्न निर्वाचन आयोगलाई आफुले निर्देशन समेत दिइएको बताउनु भयो ।