१४ जेठ २०८१, सोमबार

गलत अफवाह नफैलाउ,शिक्षक सरुवाको निर्णय हेरफेर हुदैन -शिब अधिकारि

Facebook
Twitter
WhatsApp

तारकेस्वर । तारकेस्वर गाउपालिकाको शिक्षक सरुवाको निर्णय फिर्ता लिएको भन्ने झुटो समाचारप्रति पालिका अध्यक्ष शिब अधिकारीले त्यसको खण्डन गरेका छन्। हिजो सामाजिक संजालमा आएको समाचारमा कुनै सत्यता नरहेकोले त्यसको पछि नलाग्न सबैलाई आग्रह गरेका छन्।

नेपालि काङ्ग्रेसका नेता तथा महासमिति सदस्य चोक राज शाक्यले आफ्नो फेसबुकमा पूर्ववत अवस्थामा फर्कन सफल हुनु भएकोमा तारकेस्वरका सम्पूर्ण शिक्षक मित्रहरूलाई बधाई भन्ने पोस्ट सार्बजनिक गरेपछि अध्यक्ष अधिकारीले यो अफवाह मात्र भएको बताएका  छन । शाक्यले शिक्षकहरुले प्रदर्शन गर्नुभएको सम्यमता, धैर्यता र एकताको सम्मान गर्दै आगामी दिनहरूमा पनी आपसी एकता, समझदारी र पदिय मर्यादालाई जोगाउदै काम गर्नुहोला समेत पोस्ट मार्फत भनेका छन्।

यस्तो छ चोकराज शाक्यको स्टाटस;-
पूर्ववत अवस्थामा फर्कन सफल हुनुभएकोमा तारकेस्वरका सम्पूर्ण शिक्षक मित्रहरूलाई बधाई छ।
तपाईहरूले प्रदर्शन गर्नुभएको सम्यमता, धैर्यता र एकताको सम्मान गर्दछु। आगामी दिनहरूमा पनी आपसी एकता, समझदारी र पदिय मर्यादालाई जोगाउदै काम गर्नुहोला। आगामी दिन सुखद र सफल रहोस। हार्दिक शुभकामना !
जय नेपाल !


यस्तो हल्ला बाहिर आएपछि हामीले सोधेको जिज्ञासामा अध्यक्ष शिब अधिकारीले आफ्नो राजनीति दाउ पुरा गर्न हिजो जस -जसले शिक्षकहरुलाई प्रयोग गरे यो हल्ला पनि तिनीहरुकै राजनीति फंडा मात्र भएको बताए।

अध्यक्ष अधिकारीले आफु अध्यक्ष भए देखि आफ्नै पार्टीका साथीहरुबाट आउने गरेका स्वार्थको भागबण्डाहरुमा  सम्झौता नगरेकै कारण बिरोध गर्दै घेराबन्दी गरिहरेको बताए । आफु एक्लै लड्दै आफ़्न्न्नो भिजनमा अघि बढिरहेकोले यस्ता फंडा र घेराबन्दीले कत्ति पनि बिचलित नभएको बताउदै शिक्षक सरुवाको निर्णय पनि आफुले सहि गरेकोले कुनै हालतमा पछि नहट्ने बताए।

केहि महिना अघि पालिकाले ८६ जना शिक्षकहरुलाई पालिका भित्रकै स्कुलहरुमा काज सरुवा गरेको थियो। राजनीति आडमा आफ्नो मनखुसी गर्दै आएका शिक्षकहरुलाई यो कदमले अप्ठारो पारेपछि आन्दोलन मार्फत निर्णय उल्टाउन प्रयास गरिरहेका छन् यसैलाई अन्य दलका स्थानीय नेताहरुले राजनीति स्वार्थमा प्रयोग गरेको बुझिन्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top