तारकेस्वर गाउपालिकामा केन्द्रित भएर खेलकुदको बिकासमा सक्रिय लर्केप युनाइटेड युवा क्लबद्वारा आयोजित दोस्रो लर्केप कप फुटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ सेलगङ युवा क्लब र महिलातर्फ पिपलटार फुटबल क्लबले हाता पारेका छन्।
असोज २८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको आज असोज ४ गते फाइनल खेल भएको हो । त्यस्तै यस प्रतियोगितामा महिलातर्फका उपविजेतामा फलाँटे युवा क्लब र पुरुषतर्फ उपबिजेतामा लर्केप युनाइटेड युवा क्लब भएका छन्।
आजको फाइनल खेलको समापन कार्यक्रम तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अन्य विशेष अतिथिहरुमा जिल्ला खेलकुद बिकास समिती नुवाकोटका अध्यक्ष सन्तोष राई, तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद रिमाल, तारकेश्वर गाउँपालिका वडा नं १ का वडाध्यक्ष चक्र बहादुर तामाङको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिहरुमा नेपाली कांग्रेस तारकेश्वर गाउँपालिकाका सभापति केशव अर्याल, नेकपा माओवादी केन्द्र तारकेश्वर गाउँपालिका अध्यक्ष सोम बहादुर तामाङको उपस्थिति रहेको थियो।
सम्पूर्ण अतिथिहरुले बिजेता खेलाडीहरुलाई बधाई दिदै खेलको माध्यमबाट नुवाकोटको नाम विश्वभर फैलाउन प्रोत्साहन गरेका थिय भने आगामी दिनमा खेलकुदको बिकास गर्न सबैले सक्दो प्रयत्न गर्ने प्रतिबद्दता समेत जनाए।बिजेता टिमले नगद पुरस्कार ६१,१६१ र उपविजेता टिमले ३१,१६१ ,ट्रफी ,र प्रशंशा पत्र पाएका छन्।
क्लबले हरेक वर्ष फुटबल सगै बिभिन्न खेलहरु आयोजना गर्दै जाने समेत जनाएको छ।